site stats
बाह्रखरी :: Baahrakhari
देश
घाँस काट्ने क्रममा लडेर दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङमा घाँस काट्ने क्रममा लडेर सोमबार (जेठ ५) दुईजनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ वर्षीया खिमसरा मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरू बिहान करिब ७ बजे घाँस काट्न गएका थिए । तर, फर्किएनन् । नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी १०० मिटर तल उनीहरूको शव भेटिएको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्