site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनाङमा सार्वजनिक भयो लक्जरी इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई–टेरोन ९’

मनाङ । लक्जरी इलेक्ट्रिक फोरह्विल पिकअप ‘म्याक्सस ई–टेरोन ९’ मनाङमा सार्वजनिक भएको छ । हिमालय अर्गनाइजेसनअन्तर्गतको कम्पनी हिमालय मोट्रक्सले ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा म्याक्सस ई–टेरोन ९ सार्वजनिक गरेको हो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले ‘म्याक्सस ई–टेरोन ९’सँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शनसमेत गरिएको जनाए । यो सार्वजनिक प्रदर्शनले नेपालको विद्युतीय सवारीसाधनको यात्रामा एक नवीन आयाम थपेको समेत उनले जनाए ।

किन मनाङमा सार्वजनिक गरियो ?

मनाङ नेपालकै सबैभन्दा चुनौतीपूर्ण अफरोड र उच्च हिमाली क्षेत्रहरूमध्ये एक मानिन्छ । चट्टानी बाटो, कठिन भूगोल र उच्च उचाइले गर्दा यहाँ सवारी सञ्चालन गर्नु आफैँमा ठूलो उपलब्धि मानिन्छ । यही कठिनाइलाई स्विकार्दै हिमालय मोट्रक्सले म्याक्सस ई–टेरोन ९को परीक्षण र प्रदर्शन मनाङमै गरेको जनाएको छ ।

etron2-1747570031.jpg
 

यस पिकअपमा समावेश डुअल मोटर फोरह्विल ड्राइभ प्रणाली, अनुकूलनशील एअर सस्पेन्सन र सबै प्रकारका भूभागमा सहज सञ्चालन क्षमताले यो सवारीसाधन नेपालका हिमाली क्षेत्रका लागि पनि उपयुक्त छ भन्ने स्पष्ट सन्देश दिएको कम्पनीले जनाएको छ ।

नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पिकअपको रूपमा, म्याक्सस ई–टेरोन९ सहरी सडकदेखि हिमाली बाटासम्म सहज रूपमा सञ्चालन गर्न डिजाइन गरिएको जनाएको छ । 

यसमा एडजस्टेबल एअर सस्पेन्सन प्रणाली समावेश छ, जुन सहर तथा दुर्गम दुवै क्षेत्रका लागि उपयोगी हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्