site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रञ्जिताको सिफारिसविपरीत सुदूरपश्चिममा मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले रामेश्वर चौधरीलाई आइतबार मन्त्रीमा नियुक्त गरेका छन् । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरे पनि संसदीय दलले उनको निर्देशन अस्वीकार गरेको थियो । 

संसदीय दलले घनश्याम दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । उनी मन्त्री बन्न इच्छुक नभएपछि आजै बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । 

चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्री चौधरीले आजै साँझ प्रदेश प्रमुख मियाँबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 

धनगढीमा आयोजित उक्त समारोहमा प्रदेश मुख्यमन्त्री शाह, मन्त्रीहरू, प्रदेशसभा सदस्यलगायत सहभागी थिए । 

विवादास्पद अडियो सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले गत चैतमा पदबाट राजीनामा दिएपछि मन्त्री पद रिक्त थियो । रासस

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्