site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबलका ग्राहकलाई तिलगंगा सिटी आईमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको हो ।

समझदारीपत्रमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे ।

सहमतिअनुसार बैंकका डेबिट/क्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

बैंकका ग्राहकलाई आई सेन्टरमा सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

ग्लोबल आइएमईका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्