अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन रिसोर्ट बूढानीलकण्ठबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले होलिडे इन रिसोर्टमा कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगदबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १८:०२
प्रतिक्रिया दिनुहोस्