site stats
बाह्रखरी :: Baahrakhari
खेल
चोटपछि राष्ट्रिय टोलीमा मेसीको पुनरागमन

काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय टोलीमा कप्तान तथा स्ट्राइकर लियोनल मेसीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । चोटका कारण मेसीले मार्च फिफा विन्डो गुमाएका थिए । जहाँ अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाविरुद्ध खेलेको थियो । 

अर्जेन्टिनाले आसन्न विश्वकप छनोटका निम्ति सार्वजनिक गरेको प्रारम्भिक २८ सदस्य टोलीमा मेसीको नाम पनि समावेश भएको हो । ‘‘म सधैँ टोलीमा उपस्थित हुने प्रयास गर्छु । उक्त खेलमा अनुपस्थित हुने मेरो चाहना थिएन । तर अन्तिम क्षणमा म आराम लिन बाध्य भए,’’ टोलीमा पुनरागमन गरेपछि अर्जेन्टिनी कप्तान मेसीले लेखेका छन् । 

आगामी जुनमा विन्डोमा अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियासँग खेल्ने तालिका छ । यी दुई खेलमा मेसीको अनुपस्थिति रहे पनि अर्जेन्टिनाले ब्राजिललाई ४–१ र उरुग्वेलाई १–० ले पराजित गरेको थियो । विश्वकपको दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिना विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक जोडेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्