site stats
बाह्रखरी :: Baahrakhari
खेल
साउदी प्रो लिगको उपाधि बेन्जेमाको टोली अल–इत्तिहादलाई

काठमाडौं । करिम बेन्जेमाको कप्तानीमा रहेको अल इत्तिहादले साउदी प्रो लिगको उपाधि जितेको छ । अल इत्तिहादले बिहीबार राति अल–राइदविरुद्ध ३–१ को जित निकालेसँगै प्रो लिगको उपाधि निश्चित गरेको हो ।

अल–इत्तिहादलाई जित दिलाउन स्टेभन बेर्जविन, ड्यानिलो पेरेरा र अब्दुलरहिम अलोबुदले गोल गरे । अल–राइदका ओउमार गोन्जालेजले एक गोल गरेका थिए ।

नवौँ मिनेटमा गोन्जालेजको गोलमा राइदले अग्रता बनाएको थियो । २१औँ मिनेटमा बेर्जविनको गोलमा इत्तिहाद खेलमा फर्कियो । ४०औँ मिनेटमा पेरेराले गोल गरेपछि इत्तिहादले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ४७औँ मिनेटमा अलोबुदले गोल गरेसँगै इत्तिहादले ३–१ को जित पक्का गरेको हो ।

प्रो लिगको इतिहासमा इत्तिहाद १०औँपटक च्याम्पियन बनेको हो । इत्तिहादले पछिल्लोपटक सन् २०२३ मा प्रो लिगको उपाधि जितेको थियो ।

जितसँगै अल–इत्तिहादले ३२ खेलबाट ७७ अंक जोडेको छ । त्यो दोस्रो स्थानको अल–हिलालको भन्दा नौ अंक धेरै हो । प्रो लिगमा अब अन्तिम दुई चरणका खेल बाँकी छ ।

अल हिलालले ३१ खेलबाट ६८ अंक जोडेको छ । अल–इत्तिहादसँग पराजित अल–राइद २१ अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्