देश
-1746718266.jpg)
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ । बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषीले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।
उनका अनुसार, रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात् जेठ १८ गते भोटो देखाउने जात्रा हुनेछ ।
वर्षा र सहकालको देवताका रूपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङमति लगिएपछि जात्रा सम्पन्न भएको मानिन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्