site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पेन किलर’ खाएकाले मिर्गौला ‘फेल’ भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पेन किलर’ खाएकाले आफ्नो मिर्गौला ‘फेल’ भएको बताएका छन् । बिहीबार (वैशाख २५) काठमाडौंमा नेपाल कुष्ठरोग सम्मेलन उद्घाटन गर्दै उनले आफू पञ्चायतकालमा गोलघर (सुन्धारा कारागार)मा रहँदाताका धेरै पेन किलर सेवन गरेकाले मिर्गौला फेल भएको सुनाए ।

“मेरो किड्नी फेल हुनुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जेसुकै भए पनि के गर्ने !,” उनले भने ।

पहिले आफूलाई क्षयरोग लागेको भन्दै उनले गोलघरको प्रसंग यसरी सुनाए–
मेरो किड्नी किन खराब भयो भन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठिक हुन्छ ? नेलहत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन, संयोगको कुरा हो ।

त्यस बेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस्, मरमसला किन्नुस्, साबुुन किन्नुस्, मन्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौँ भने, एउटा ब्रस किन्यो, त्यो पनि महँगो किन्न सकिँदैनथ्यो, सस्तो किन्यो । दुई/चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ! ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिँदैनथ्यो । मुख बांगो पारीपारीकन ब्रस गर्नुपर्दथ्यो । टुथपेस्टको ट्युब हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदा निर्चोदा...! नयाँ किनौँ पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ! खैर, ती दिन नसम्झिऊँ, सम्झिँदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ? मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो । औषधि छैन, खाना छैन, अनि कहाँबाट स्वास्थ्य राम्रो हुनु ? पेटभरि घाउ भएर दुखेर असैह्य हुन्छ, भतभती पोल्छ । घाउबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जेसुकै भए पनि के गर्ने ! अहिले बाँची हालौँ, पेन किलरको असर पछि हेरौँला भनेर । यस्ता काबुबाहिरका परिस्थिति बेग्लै कुरा हो । काबुका परिस्थिति, त्यस बेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गर्दथ्यौँ । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौँ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro