site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीमा हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
सांकेतिक तस्बिर ।
Argakhachi Cement Island Ad

सप्तरी । सप्तरीमा शनिबार (जेठ १७) बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार, घरदेखि करिब ५०० मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने गरेका थिए । कहिलेकाहीँ उनी खेतमा बनाइएको टौवा (छाप्रो)मा सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको स्थानीय लीलबहादुर मगरले बताए ।

“राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यति बेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ । बिहान टौवानजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ,” मगरले भने । रासस

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्