देश

काठमाडौं । बाढीका कारण अवरुद्ध कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ । अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा करिब १०० मिटर सडक बगाएपछि बाटो अवरुद्ध भएको हो ।
यातायात सञ्चालनका निम्ति सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएकाले पैदलयात्रीलाई समेत कठिनाइ भएको छ ।
सडक अवरुद्ध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथर जाने यातायात ठप्प भएको छ । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२ १४:१०
प्रतिक्रिया दिनुहोस्