site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादी आन्दोलनले माइतीघर–बबरमहल सडक अस्तव्यस्त

काठमाडौं । राजावादीको आन्दोलनका कारण माइतीघर–बबरमहल सडकखण्ड अस्तव्यस्त बनेको छ । प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीका अनुसार, डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन ।

Argakhachi Cement Island Ad

“माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको छ । करिब दुईहजार मानिस सहभागी छन् भन्ने आयो । बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहज भएको छ । तर, सवारी डाइभर्सन गर्नुपर्ने अवस्था भने छैन,” एसपी गिरीले बाह्रखरीसित भने ।

राजावादीले बिहीबार रत्नपार्कमा प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्