site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानले भारतका कुन–कुन लडाकु विमान 'खसाल्यो' ?

काठमाडौं । पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानको दाबीमा भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।

समाचार एजेन्सी रोयटर्सले साझा गरेको भिडियोमा पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका छन्, “अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु, पाँच भारतीय विमान खसालिएको छ । जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन छन् ।”

यता, भारतले गरेको पत्रकार सम्मेलनमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गए राति गरिएको आक्रमणबारे जानकारी दिइएको थियो ।

भारतका विदेश सचिव विक्रम मिश्रीले सीमापार आक्रमणको जवाफ दिने आफ्नो अधिकार प्रयोग गर्दै गए राति पाकिस्तानमाथि आक्रमण गरेको बताएका छन् ।

बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro