site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतमा कोभिड–१९ बाट २४ घण्टामा पाँचजनाको मृत्यु

काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांकअनुसार भारतमा सक्रिय कोभिड–१९ संक्रमितका केसहरू चार हजारभन्दा माथि पुगेको छ । यसमा केरला राज्य सबैभन्दा बढी प्रभावित राज्य भएको छ । त्यसपछि महाराष्ट्र, गुजरात र दिल्ली रहेको भारतीय अखबार द हिन्दुले जनाएको छ ।

भारतमा अहिले चार हजार २६ वटा सक्रिय संक्रमितका केसहरू रहेको र पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको रिपोर्टमा उल्लेख छ । भारतमा जनवरीदेखि अहिलेसम्म देशभर ३७ जनाको मृत्यु भएको छ ।

Argakhachi Cement Island Ad

मे २२ मा भारतमा २५७ सक्रिय कोभिड–१९ का बिरामी थिए । यो संख्या मे ३१ मा तीन हजार ३९५ र त्यसपछि चार हजार २६ सम्म पुगेको छ ।

हाल भारतमा सबैभन्दा बढी केरला राज्यमा एक हजार ४४६ सक्रिय केस छन्, महाराष्ट्रमा ४९४, गुजरातमा ३९७ र दिल्लीमा ३९३ केसहरू छन् ।

तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा केरला, तमिलनाडु र पश्चिम बंगालमा एक–एकजना र महाराष्ट्रमा दुईजना गरी पाँचजनाको मृत्यु भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का महानिर्देशक डा. राजीव बहलले पश्चिम र दक्षिण भारतका नमुनाहरूको जिनोम अनुक्रमणले हाल केस बढ्ने जिम्मेवार भेरियन्ट गम्भीर नभएको र ती ओमिक्रोनका उप–प्रकारहरू मात्र भएको सोमबार बताए ।

“हामीले पत्ता लगाएका एलएफ.७, एक्सएफजी, जेएन.१, एलबी.१.८.१ गरी चारवटा भेरियन्टहरू ओमिक्रोनका उप–प्रकारहरू हुन् । धेरै केसहरूमा पहिलो तीन प्रकार पाइएका छन्,” उनले भने ।

“हामीले यो अवस्थाको नजिकबाट अनुगमन गरिरहेका छौँ । हालको अवस्थामा हामीले सतर्क रहनुपर्छ, तर चिन्ता गर्नुपर्ने आवश्यकता छैन,” डा. बहलले भनेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्