विदेश

काठमाडौं । पाकिस्तानको कराँचीको एक जेलबाट २०० भन्दा बढी कैदी भागेका पाकिस्तानी अधिकारीहरूले बताएका छन् । भूकम्पको झट्कापछि सुरक्षाका लागि कैदीहरूलाई सेलबाट बाहिर निकालिएको थियो ।
भाग्न सफल भएका धेरै कैदीहरू तत्काल पक्राउ परेका, तर कम्तीमा १३० जना अझैसम्म पनि फरार भएको प्रहरीले मंगलबार बताएका छन् । प्रशासनले भागेकाहरूलाई पक्राउ गर्ने अभियान जारी राखेको अलजजिराले जनाएको छ ।
प्रहरी अधिकारी काशिफ अब्बासीले एपी समाचारलाई बताएअनुसार मलिर जेलबाट राति भाग्न सफल २१६ कैदीमध्ये ७८ पक्राउ परिसकेका छन् ।
भागेका कैदीलाई पक्राउ गर्ने प्रयास गर्दा भएको गोलीप्रहारमा एक कैदीको मृत्यु भएको र तीन सुरक्षा अधिकारी घाइते भएका बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ १४:३७
प्रतिक्रिया दिनुहोस्