site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्दैन : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी) केन्द्र)का सांसद माधव सापकोटाले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरुद्ध गर्ने अडानमा प्रतिपक्षी दलहरू कायम रहेको बताएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सापकोटाले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनको सुनिश्चितता नगरेसम्म संसद्को कारबाही अगाडि बढ्न नदिने बताए । "गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न सक्दैन भन्ने हाम्रो पूर्ववत् अडान कायमै छ । उहाँमाथि छानबिन हुनुपर्‍यो । निष्पक्ष रूपले छानबिन गर्ने र सत्यतथ्यलाई सार्वजनिक गरेर जनताका बीचमा ल्याउनुपर्छ," उनले भने । 

Argakhachi Cement Island Ad

सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरे । गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भए पनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको समेत बताए ।

"छानबिनलाई प्रभावकारी बनाउन नैतिक रूपमा गृहमन्त्रीज्यूले राजीनामा दिनुपर्छ । गृहमन्त्रीजी व्यक्तिगत रूपमा राजीनामा दिनको लागि तयार भएको जस्तो पाउँछौँ तर गठबन्धन र उहाँको पार्टीले राजीनामा नदिन भनिराखेको जस्तो बुझिन्छ," उनले भने । 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्