
काठमाडौं । एक १७ वर्षीया पाकिस्तानकी टिकटक स्टार सना युसुफको हत्या भएको छ । उनको सोमबार इस्लामाबादस्थित आफ्नै निवासमा गोली हानी हत्या गरिएको हो ।
पकिस्तानको एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार, सनालाई नजिकैबाट अज्ञात आक्रमणकारीले गोली हानेको बताइएको छ ।
उनको घरमै प्रवेश गरी गोली चलाएर आक्रमणकारी भागेको द हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशको चित्रालकी सनाले आफ्नो टिकटक कन्टेन्टमार्फत ठूलो लोकप्रियता हासिल गरेकी थिइन् ।
पाकिस्तानको सामा टीभीले जनाएअनुसार गोली हान्ने व्यक्ति उनको घरमा आएको पाहुना हुन सक्ने बताएको छ ।
उनको शव पोस्टमार्टमका निम्ति पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लगिएको बताइएको छ ।
यो हत्याको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । जहाँ सनाको न्यायको माग गरिएको छ ।