site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलाई लिङदेनको चेतावनी : ‘जनयुद्ध’को भ्रमबाट मुक्त हुनुस्

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अहिले ‘जनयुद्ध’को समय नरहेकाले भ्रममा नपर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । 

हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नोमुनि राख्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुन लिङदेनले प्रचण्डलाई आग्रह गरे । आफूहरूको आन्दोलन प्रचण्ड वा कुनै दलको विरुद्ध नभएर गणतन्त्रमा नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भएको उनको जिकिर छ । 

Argakhachi Cement Island Ad

आन्दोलनविरुद्ध आउने जो–कोहीलाई जनताले प्रतिकार गर्ने उनले दाबी गरे । निषेधाज्ञा विस्तार गर्ने, प्रदर्शनलाई रोक लगाउने काम संविधानविपरीत रहेकाले यस्ता निर्णय फिर्ता लिन अध्यक्ष लिङदेनले सरकारलाई आग्रह गरे । 

राजावादीको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं जिल्ला प्रशासनले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रबाहेक सबै स्थानलाई ‘निषेधित क्षेत्र’ घोषणा गरिसकेको छ । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्