
काठमाडौं । भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाहीका लागि ‘अपरेसन सिन्दूर’ नाम रोज्नुको पछाडिको धार्मिक प्रतीकात्मक कारण रहेको सीएनएनले बताएको छ ।
‘अपरेसन सिन्दूर’मा सिन्दूर शब्दले हिन्दु महिलाले विवाहपछि निधारमा लगाउने रातो रंगको पाउडरलाई जनाउँछ । भारत नियन्त्रित कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंककारी हमलामा धेरै महिलालाई विधवा बनाइएको थियो ।
यस हमलापछि आफ्नो मृत पतिको शवको छेउमा पल्टिएकी एक महिलाको तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर आक्रोश र पीडाको प्रतीक बनेको थियो ।
भारतीय रक्षामन्त्री र विदेशमन्त्री दुवैले सामाजिक सञ्जाल एक्समा रातो सिन्दूरको चित्रसहित यस अभियानको नामको सांकेतिक भाव पोस्ट गरेका छन् ।
विदेशमन्त्री एस. जयशंकरले एक्समा लेखेका छन्, “विश्वले आतंकवादप्रति शून्य सहनशीलता देखाउनैपर्छ ।”
रक्षामन्त्री राजनाथ सिंहले पनि हिन्दीमा पोस्ट गर्दै भनेका छन्, “भारतको जित ।”
सीएनएनबाट ।