site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनकुने घटनाका आरोपितसहित ६ जनाले थुनाबाटै दिए १२ को परीक्षा

काठमाडौं । आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका युवासमेत सहभागी भएका छन् ।

चैत १५ मा राजावादीको प्रदर्शनमा सहभागी भई अवाञ्छित गतिविधि संलग्न सिराहाका १९ वर्षीय दिनेश महतोसहितले आइतबारको परीक्षा थुनाबाटै दिएका हुन् । अन्य विभिन्न आरोपमा पक्राउ परेका पाँचजनाले पनि थुनाबाटै परीक्षा दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । 

महतो बानेश्वरस्थित लिभरपुलमा अध्यनरत थिए । त्यस्तै, अन्य पनि विभिन्न आरोपमा पक्राउ परेकाहरूलाई पनि भद्रकाली परिसरमै परीक्षा दिने व्यवस्था मिलाइएको थियो । उपकेन्द्र बनाएर थुनामा रहेका आरोपितलाई समेत परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए ।

परीक्षामा दिनेहरूमा महतोसहित धादिङका सरोज थापा, नुवाकोटका सिमन घले, सिन्धुपाल्चोकका दावा शेर्पा र स्याङ्जाका सौगातकुमार विक छन् । त्यस्तै एकजना भारतीय नागरिक छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro