site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ को परीक्षा आजबाट, जापानमा ३७ जना परीक्षार्थी

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ परीक्षा) आज आइतबारबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकिएको जनाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ । 

उक्त परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ तीन लाख ९५ हजार ९०८ छन् । नियमितमध्ये पनि छात्रको संख्या एक लाख ९८ हजार ८७५ छ भने छात्राको संख्या एक लाख ९७ हजार १३ जना छ । 

त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षार्थी संख्या सबैभन्दा कम मनाङमा छन् । जहाँबाट जम्मा ४५ जनाले परीक्षा दिँदै छन् । सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ जना परीक्षामा सहभागी हुँदै छन् । 

परीक्षा नियन्त्रण कार्यालयले नेपालभर जम्मा एक हजार ५९० केन्द्र निर्धारण गरेको छ । त्यस्तै, जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । 

जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ र सबैभन्दा कम मनाङ, मुस्ताङ र जापानमा छन् । मनाङ, मुस्ताङ र जापानमा १/१ वटा केन्द्र निर्धारण गरिएको हो । 

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुनेछ । परीक्षाका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटिनेछन् । 

यसअघि वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको थियो । महासंघ र सरकारबीच सहमति भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro