site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी डलरको मूल्य १३५ रूपैयाँ, मलेसियन रिंगेटको कति छ ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
 
युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८० रूपैयाँ ३५ पैसा तोकिएको छ । स्विस फ्र्यांक एकको खरिददर १६३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा तोकिएको छ । 

सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ १९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
 
केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा तोकेको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २१ पैसा तोकेको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, यूएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
 
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा कायम गरिएको छ । 

स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५२ पैसा र बिक्रीदर २० रूपैयाँ ६१ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा तोकेको छ । कुवेती दिनार एकको खरिददर ४४० रूपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ३० पैसा तोकिएको छ । 

बहराइन दिनार एकको खरिददर ३५८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३२ पैसा रहेको छ ।
 
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । 
 
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro