खेल

काठमाडौं । अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र खेलाडीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृतिको व्यवस्था मिलाइने घोषणा गरिएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले रंगशाला लगायतका खेलकुद पुर्वाधारमा तीनै तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने बताए । खेलकुदलाई निजी क्षेत्रको संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ ।
उनले युवाहरूको शारीरिक र मानसिक विकासको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिने बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्