site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसँगै कहाँ–कहाँ हुनेछ आज वर्षा ? 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित केही भूभागमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा बिहान नै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ । दिउँसो बदली हुनेछ,” मौसमविद् हरिप्रसाद दाहालले बाह्रखरीसँग भने, “दिउँसो काठमाडौंका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।” 

काठमाडौंका आज बिहान ५ : ४५ को न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् दाहालले जानकारी दिए । 

विभागका अनुसार राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro