खेल

काठमाडौं । इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन इन्जागी र मिडफिल्डर हाकान काल्हान्गोलु एक खेलका लागि निलम्बनमा परेका छन् । बिहीबार इटालियन फुटबल एसोसिएसन (एफआईजीसी)ले इटालीका कटरपन्थी समर्थक समूहसँग प्रशिक्षक इन्जागी र हाकानको सम्बन्ध रहेको जनाउँदै एक खेलका निम्ति निलम्बन गरिएको जनाएको हो ।
निलम्बनमा परेसँगै इन्जागी आगामी शनिबार हुने खेलमा सहभागी हुन पाउने छैनन् । यस्तै, काल्हान्गोलुले पनि शनिबार घरेलु मैदानमा इन्टर र भेरोनाबीच हुने खेल गुमाउनेछन् ।
निलम्बनका अलावा इन्टरलाई ७० हजार युरो जरिवाना गरिएको छ । यस्तै, इन्टरको चिरप्रतिद्वन्द्वी एसी मिलानलाई ३० हजार युरो जरिवाना गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्