कला

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।
शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको प्रतिनिधित्व गर्ने पाण्डेले उपाधि उचालेका हुन् । जितसँगै उनले २० लाख नगद पुरस्कार पाएका छन् ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ २३:०५
प्रतिक्रिया दिनुहोस्