
काठमाडौँ । ‘ला लिगा’ क्लब बार्सिलोनाका फुलब्याक जुलेस काउन्डे घाइते भएका छन् । लिगको सेमिफाइनलको पहिलो लेगअन्तर्गत इन्टर मिलानसँगको खेलमा चोट महसुस गरेका काउन्डेको बिहीबार स्वास्थ्य परीक्षण गर्नेक्रममा चोट लागेको भेटिएको बार्सिलोनाले जनाएको छ ।
“हाम्रो मुख्य टोलीका सदस्य जुलेस काउन्डेको आज बिहान गरिएको स्वास्थ्य परीक्षणमा बाँया खुट्टामा गम्भीर चोट लागेको देखियो,” बार्सिलोनाले विज्ञप्ति जारी गर्दै भनेको छ ।
गत बुधबार सम्पन्न पहिलो लेगमा इन्टर र बार्सिलोनाले ३–३ को बराबरी खेलेका थिए । सोही खेल खेल्नेक्रममा काउन्डेले चोट महसुस गरेपछि पहिलो हाफको अन्तिम मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले काउन्डेले करिब तीन हप्तासम्म आराम लिनुपर्ने अवस्था आउनसक्ने जनाएका छन् । काउन्डेले आराम लिनुपरे इन्टरविरुद्धको दास्रो लेग गुमाउनुका साथै मे ११ मा रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने छन् ।