
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।