देश

काठमाडौं । शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ । सिंहदरबारमा सुरु भएको आजको वार्तालाई 'निर्णायक' भनिएको छ ।
वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रेशम लेखक सहभागी छन् । यस्तै, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलासहित सहभागी छन् ।
शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका पदाधिकारी सहभागी छन् ।
शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौबुँदे प्रस्ताव पेस गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्