site stats
बाह्रखरी :: Baahrakhari
देश
ई–सिगरेटले धूमपानको लत त्याग्न सहयोग गर्छ ?

काठमाडौं । ई–सिगरेट (भेपिङ) स्वास्थ्यका लागि हानिकारक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ई–सिगरेटमा पनि धूमपानमा जस्तै रासायनिक तत्व निकोटिन हुन्छ । “ई–सिगरेटमा पनि धूमपानमा जस्तै रासायनिक तत्व निकोटिन हुन्छ । यसले लत बस्छ र धूमपानतिर डोर्‍याउने कारक बन्छ,” मन्त्रालयले भनेको छ । 

ई–सिगरेटले धूमपानको लत त्याग्न सहयोग नगर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ । 

Argakhachi Cement Island Ad

ई–सिगरेटबाट निस्कने धुवाँ वा वाफ (एरोसोल)मा हानिकारक पदार्थ हुन्छ । त्यसैले ई–सिगरेट प्रयोग गर्ने र प्रयोग नगर्ने (छेउमा बस्ने) दुवैलाई असर गर्ने मन्त्रालयले बताएको छ । 


“वैज्ञानिक अनुसन्धानहरुले ई–सिगरेट स्वास्थ्यका लागि हानिकारक छन् र सुरक्षित छैनन् भन्ने देखाउँछ,” मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “ई–सिगरेटमा विषाक्त पदार्थहरू जस्तै क्यान्सर गराउने तथा मुटु र फोक्सोको रोगहरूको जोखिम बढाउने तत्वहरु हुन्छन् ।”

त्यसैले ई–सिगरेट र धूमपान दुवै स्वास्थ्यका लागि हानिकारक रहेकोमा प्रष्ट हुन मन्त्रालयले आग्रह गरेको छ । 

“ई–सिगरेटको वाफ (एरोसोल) पानीको वाफ मात्र नभई यसमा हानिकारक पदार्थहरू निकोटिन, क्यान्सर गराउने तत्वहरू, निकेल, टिन र सिसाजस्ता धातु, साना कणहरू जुन फोक्सोको भित्रसम्म जानसक्छ,” मन्त्रालयले भनेको छ, “वाष्पशील अग्र्यानिक तत्वहरू, डाइसिटाइलजस्ता फ्लेवर हुन्छ, जुन फोक्सो सम्बन्धी गम्भीर रोग निम्याउने रसायनिक तत्व हो ।” 

ई–सिगरेटको धुवाँमा पानीको बाफ मात्र नभएर यसमा हानिकारक पदार्थ हुनेमा प्रष्ट हुन मन्त्रालयले सचेत गराएको छ । 

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ई–सिगरेटको उत्पादन, आयात, बिक्रीवितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्मबाट प्रवद्र्धन तथा विज्ञापन गर्न समेत निषेध गरेको छ 
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्