site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रहरी जवानले घुँडामा बुटले हाने, अनि कठालो समातेर लडाए : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पटक–पटक उपप्रधान तथा गृहमन्त्री भएको व्यक्तिलाई प्रहरीले अमानवीय व्यवहार गरेको बताएका छन् ।

प्रहरी नियन्त्रणबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले बर्बरतापूर्वक दमन गरेको बताए । उनले दमनले आफूहरुको आन्दोलन नरोकिने बताउँदै आन्दोलनको उचाइ थप बढ्ने बताए ।

Argakhachi Cement Island Ad

“म अघि बढ्न खोज्दा र परिस्थितिलाई संम्यमित बनाउन खोज्दा एकजना प्रहरी जवानले घुँडामा बुटले हिर्काए,” थापाले भने, “म अघि बढ्न खोज्दा सम्बन्धित प्रहरीलाई खुट्टामा हान्यो भनेर भन्दा अरु प्रहरीले कठालो समातेर लडाए ।”

त्यसपछि हात र खुट्टामा समातेर प्रहरी परिसरमा पुर्‍याइएको बताए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्