site stats
बाह्रखरी :: Baahrakhari
देश
कमल थापासहित छ जना रिहा, मापसे गरेका झा नियन्त्रणमै

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका छ जना थुनामुक्त गरिएको छ । ‘चर्को बोलेको’ आरोपमा पक्राउ परेका दीपक सिंहलाई  पनि थुनामुक्त गरिएको छ ।

थापा दिउँसो पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका छ जनालाइ थुनामुक्त गरिएको जनाइएको छ । तर डा. राजीब झाले भने मापसे गरेको पाइएको भन्दै हिरासतमै राखिएको प्रहरीले जनाएको छ । उनीमाथि मापसे गरेर प्रहरीलक्षित जथाभावी अभिव्यक्ति दिएको आरोप छ ।

Argakhachi Cement Island Ad

आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूर्व गृहमन्त्रीसमेत रहेका थापलाई ‘झ्याल्टुङच्याइँ’ बनाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि थापालाई ‘मापसे’ चेक गराएको थियो । “हामीले मापसे पनि चेक गराएका थियौँ, तर उहाँले मापसे गरेको पाइएन,” एक प्रहरी अधिकारीले बाह्रखरीसँग कुरा गर्दै भने ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्