
काठमाडौं । एस्टोन भिल्लााका फरवार्ड मार्कुस रासफोर्डले इंग्लिस प्रिमियर लिगको बाँकी खेल गुमाउने सम्भावना बढेको छ । म्यानचेस्टर युनाइटेडबाट लोनमा एस्टोन भिल्ला आएका रासफोर्डको ह्यामस्ट्रिङमा समस्या देखिएसँगै जारी सिजनका बाँकी खेल गुमाउने सम्भावना उच्च बनेको हो ।
रासफोर्डले अहिले नै आफू कुनै पनि क्लबसँग संवादमा नरहेको जनाइसकेका छन् । रासफोर्ड र युनाइटेडबीच सन् २०२८ सम्मको सम्झौता छ । तर, युनाइटेडमा रासफोर्ड स्वाभाविक लयका निम्ति संघर्षरत देखिएका थिए ।
एस्टोन भिल्लामा अनुबन्ध भएपछि भने रासफोर्डप्रेरित युनाई एमेरीको टोलीले च्याम्पियन्स लिगमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । प्रिमियर लिगको सातौँ स्थानमा रहेको भिल्लाले ३४ खेलबाट ५७ अंक जोडेको छ ।