site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक लले भने– नेपाललाई फेरि विश्वकपमा पुर्‍याउनु मेरो लक्ष्य 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेट टोलीसँग जोडिन पाउँदा निकै उत्साहित भएको बताएका छन् । शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँग उनले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफूले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको बताए ।  

उनले सबैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्‍याउनु भएको र त्यसमा ध्यान केन्द्रित गर्ने बताए । 

नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनको भनाइ छ । लले अहिले क्रिकेट टिममा व्यापक परिवर्तनभन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे । 

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिनेभन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । नयाँ प्रशिक्षकसँग रहेर नेपाली टीमले राम्रो नजिता निकाल्ने उनले बताए । 

नवनियुक्त प्रशिक्षक लले शनिबारबाटै जिम्मेवारी सम्हाल्दै राष्ट्रिय क्रिकेट टोलीसँग प्रशिक्षणमा समेत सहभागी भएका छ । नेपाली टोली आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीमा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro