site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल सदैव आतंकवादको विपक्षमा : परराष्ट्रमन्त्री 

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको बताएकी छन् । नेपालले जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने उनले उल्लेख गरिन् ।

भारतको कश्मीरस्थित पहलगाममा आतंककारी हमलामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्न यहाँस्थित भारतीय दूतावासद्वारा शनिबार (वैशाख १३) आयोजित शोकसभामा उनले भनिन्, “नेपालले आतंकवादको सबै स्वरूप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।” 

दूतावासमा आयोजित शोकसभामा उनले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताइन् । नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले जुनै कारण प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको उनले स्पष्ट पारिन् ।

पहलगाममा आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको मन्त्री डा. राणाले बताइन् ।

उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताका पक्षमा नेपाल उभिएको उल्लेख गरिन् । नेपाल आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उनले बताइन् ।

नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको उनले स्मरण गरिन् । उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि भएको बताइन् ।

“हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन्,” उनले भनिन्, “हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।” 

मन्त्री डा. रााणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवक सुदीप न्यौपानेको शव र अरू प्रभावितलाई स्वदेश ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् ।

उनले उक्त आतंकवादी हमलामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro