खेल

काठमाडौं । आठौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार (वैशाख १३) काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको उपाधि भिडन्तमा पुलिसले ६ पटकको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
पुलिसले एपीएफलाई २५–१५, २५–२३ र २५–१६ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै पुलिसले नगद चार लाख ९९ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता एपीएफले दुई लाख ५० हजार रुपैयाँ पायो ।
प्रतियोगितामा कुल पाँच टोलीको सहभागिता थियो । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्