site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार दिनदिनै अस्थिरताको सन्देश बाँड्दै छ : साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुशासन र स्थिरता दिन आएको सरकारले दिनदिनै अस्थिरता बाँडिरहेको टिप्पणी गरेका छन् । शनिबार (वैशाख १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनदिनै अस्थिरताको उल्टो गिन्ती गरिरहेको बताए ।

“दुइटा सबभन्दा ठूला पार्टीको सरकार बनिसकेपछि यसबाट दुईवटा अपेक्षा गरिएको थियो– एउटा, अस्थिरता अन्त्य । अर्को, संविधान संशोधनसहित आर्थिक समस्याको समाधान दिने,” साउदले भने, “प्रधानमन्त्रीले यति समयमा सरकार छोड्छु भनेर उल्टो गिन्ती सुरु गर्नुभयो र सरकार अस्थिर छ भन्ने सन्देश दिइरहनुभयो । आजपर्यन्त जारी छ ।”

दुईतिहाइ बहुमतको सरकारले आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न नसकेको उनले टिप्पणी गरे । “नियमित प्रशासन चलाउन दुईतिहाइको गठबन्धन चाहिँदैन । जुन प्रयोजनका लागि यो गठबन्धन निर्माण भएको थियो, त्यो बाटोमा गठबन्धन छैन,” उनले भने, “अहिले त व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ । अस्थिरताको चक्र सकिएको छैन ।”

संसद् भवनको १०० मिटर पर मानिसलाई जिउँदै जलाइएको (चैत १५) भन्दै उनले त्यसपछि पनि विभिन्न आन्दोलन भइरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro