देश

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रले बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिर नजिकैबाट १७७ किलो गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँको सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको सहिदभूमिका गाउँपालिका–१, छिन्ताङ बस्ने ५७ वर्षीय धनबहादुर राई छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट खटिएको सुरक्षा फौजले सोही ठाउँको झाडीमा लुकाई अर्को ठाउँमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १८:१४
प्रतिक्रिया दिनुहोस्