site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङको विराटचोक तनावग्रस्त, नेपाल प्रहरीका डीएसपी घाइते 

विराटनगर । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनाले मोरङको विराटचोक तनावग्रस्त बनेको छ । सुन्दर हरैँचा नगरपालिका–१को विराटनगर–विराटचोक सडकखण्ड तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । ‌

ना१क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार ११ बजेतिर ठक्कर दिएको थियो । घटनामा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको मृत्यु भएको थियो ।

आक्रोशित आफन्त र सर्वसाधारणले घटनाको विरोधमा गरेको प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरियाले बताए । 

प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले  स्थिति नियन्त्रणमा लिन नौ राउन्ड हवाईफायर र आठ सेल अश्रुग्यास प्रहार गरेको थियो ।‌ 

घटनास्थलमा रहेको टिपर हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।‌ प्रदर्शनकारीले मृतकको शव सडकबाट उठाउने क्रममा अवरोध गरेका थिए । 

मृतकका आक्रोशित आफन्त र सर्वसाधारण हातमा भाला र लाठीसहित आएको प्रहरीले जनाएको छ । शव सडकमा राखेर उनीहरूले टिपरमा आगजनीको प्रयास समेत गरेका थिए ।

490991685_661883843293875_5641601590180377382_n-1745594333.jpg

 
घटनामा ढुंगा लागेर मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

मृतकको शवलाई घटनास्थलबाट उठाएर शल्यपरीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । विराटनगर–हरैँचा सडकमा टिपर सञ्चालन बन्द गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्ने पीडितले माग गरेका छन् ।
  
तीव्र गतिकै कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टिपर कान्छाराम कन्स्ट्रक्सनको भएको बताइएको छ ।‌ टिपर चालक सुन्दरहरैँचा–१२ बस्ने २५ वर्षीय पवन योन्जनलाई पक्राउ परेका छन् । अहिले साँझबाट भने स्थिति साम्य भएको प्रहरीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro