site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे नौ लाखको भिटामिनसहित एकजना पक्राउ

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–२४ स्थित रामगढवाबाट सशस्त्र प्रहरीले करिब नौ लाख ६० हजार रुपैयाँबराबरको भिटामिनसहित एकजनालाई पक्राउ गरेको छ ।

सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३६ वर्षीय अमृत साह कानुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

ना२स १०१७ नम्बरको अटोमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ‘लाइकोपेन विथ मल्टी भिटामिन एन्ड मल्टी मिनिरल्स क्याप्सुल–न्युट्री क्युर’ चार हजार ८०० वटा र दुई थान मोटरसाइकल समेत नियन्णमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । अटो र मोटरसाइकलको भन्सार दाखिला मल्य ६ लाख कायम भएको छ ।

नियन्त्रणमा लिइएका कानुलाई बरामद भिटामिन र सवारीसाधनसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro