site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार प्रदेशका तराई भागमा ४० डिग्रीमाथि तापक्रम, तातो लहरको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विगत केही दिनयता चार प्रदेशमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको जनाएको छ । 

आज शुक्रबार साँझ साँझ ७ बजेको बुलेटिनअनुसार आज मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डिग्री सेल्सियस र धेरै स्थानमा ३९ डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको हो । 

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा भने विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो । 

भोलि शनिबार पनि मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहने विभागको पूर्वानुमान छ । 

ती स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

त्यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा भोलिसम्म तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न पनि चेतावनी दिइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro