
काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक भएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माणपक्षले फर्स्ट लुक्स सार्वजनिक गरेको हो ।
भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तलाई देख्न सकिन्छ । सुरक्षालाई ओड्ने ओडेर बसेकी नवविवाहित बुहारी जस्तो देखिएको छ ।
उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । घर पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन ।
चलचित्र ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । उनीसँगै आर्यन सिक्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाललगायत कलाकारको अभिनय छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ ।