site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकलाई प्रधानमन्त्रीको प्रश्न– वार्ता नगर्ने के भन्या त्यो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा आउन आह्वान गरेका छन् । सोमबार (वैशाख ८) काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको सम्मलेनमा उनले सहमति गरेर कार्यक्षेत्रमा फर्कन शिक्षकलाई आग्रह गरेका हुन् ।

उनले नेपाल शिक्षक महासंघले औपचारिक वार्ता नै नगर्ने भनेकामा आपत्ति जनाए । “सरकार सम्भव हुने माग पूरा गर्छ । तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्,” उनले भने, “औपचारिक वार्तै गर्नु हुन्न भन्ने अनौठो सुनेको छु आन्दोलन । वार्ता नगर्ने के भन्या त्यो ? वार्तामा आउनुुस्, कुरा गर्नुस् । सम्भव कुरा सरकारले गर्दिन्छ । फर्केर आ–आफ्ना काममा जानुुस् ।”

उनले सामुदायिक विद्यालयमा भर्ना नभएपछि विद्यार्थी निजीमा जाने जोखिम औँल्याए । “भर्ना छोडेर उहाँहरू यहाँ बसिरहनुभएको छ । सामुदायिक विद्यालयमा भर्ना नहुने, त्यसो भएपछि त निजी विद्यालयमा भर्नाको लहर जाने भयो,” उनले भने, “उहाँहरूलाई पनि कुनै लाभ छैन । विद्यार्थीलाई घाटा छ । अभिभावकलाई पीडा छ ।”

प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा ऐनका निम्ति यतिविघ्न दुःख गर्नु नपर्ने समेत बताए । उपयुक्त समयमा कापी जाँच गरेर ‘रिजल्ट’ निकाल्न पनि शिक्षकलाई उनले आग्रह गरे । समयमै रिजल्ट नगर्दा विदेशका क्याम्पसले नपर्खने उनको भनाइ थियो ।

उनले प्रतिगामी सल्बलाएका बेला साथ पुर्‍याउने गरी आन्दोलन किन ? भन्दै शिक्षकलाई प्रश्न गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro