site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

धरान (सुनसरी) । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार, हत्याका आरोपीलाई झापाको काँकडभिट्टा तथा र मोरङका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मृतक चुनकुमारीका श्रीमान् धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीलाई यही वैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको हो ।  

चुनकुमारीको हत्यामा उनकै आफन्तजन संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २९ वर्षीय ढकेन्द्र बुढाथोकी, २५ वर्षीया सृष्टि बुढाथोकी र ४० वर्षीय केशवराज दाहाल, पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ का ३६ वर्षीय योगेन्द्र गौतम र २८ वर्षीय डेनु गौतमलाई पक्राउ गरिएको छ ।  भारतको आसाम तेजपुरका ३५ वर्षीय राजु थापामगर भने फरार रहेका छन् ।  

प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार, हत्या गरिएकी चुनकुमारी र प्रेमबहादुरबीच केही समयदेखि मनमुटाव र झगडा थियो । श्रीमान् प्रेमबहादुरको योजनाअनुसार जंगलमा लगेर चुनकुमारीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको उनले बताए । हत्या गरिएको ठाउँबाट प्रहरीले तीन मोटरसाइकल समेत बरामद गरेको छ । चुनकुमारीको शव गत चैत २५ गते धरान उपमहानगरपालिका–६, पाचँकन्या सामुदायिक वनभित्र फेला परेको थियो । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro