
हुम्ला । वर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३ स्थित बैन्यामा क्षति पुर्याएको छ । बिहीबार बिहान परेको वर्षाका कारण श्रीनगर बजार क्षेत्रका व्यवसायीको टहरासहित पसलमा राखिएका सामानमा क्षति पुगेको हो ।
बाढीसहितको लेदेको कारण अदानचुली–२ का अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारा लगायतका अन्य व्यवसायीका पसलका सामग्रीमा क्षति पुगेको हो । बजार क्षेत्रमा रहेका घर तथा टहरामा समेत पानी पसेको थियो ।
उता मुगुको बैन्यामा आएको बाढीसहितको लेदोका कारण कर्णाली नदीलाई अवरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेतीयोग्यसहित बाँझो जमिन चिराचिरा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार, सोरुबाट भीइ आउने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यता, श्रीनगर आउ जाउ गर्ने सडक समेत बन्द भएको छ ।
कर्णालीको बहाव पनि बढेको छ ।