देश

काठमाडौं । सुर्खेतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ १६:१७
प्रतिक्रिया दिनुहोस्