site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक 

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक गरिएको छ । वैशाख २६ गतेदेखि रिलिज हुने चलचित्रको गीतमा युवराज काफ्लेको शब्दरचना छ । 

झुमा लिम्बूको संगीत तथा झुमा र सुजन चापागाईंको स्वर रहेको छ ।

विपीन कार्की र मिरूना मगरको मुख्य भूमिका रहेको चलचित्रको सार्वजनिक गीतको भिडियो पाँचथरमा छायांकन गरिएको छ । 

निर्देशक नवीन चौहानका अनुसार ‘काफ्ले’ गीतको शीर्षक मात्र नभई समाजको प्रतिनिधि संगीत भएको बताए । 

अभिनेता विपीन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन् । 

आर्टमाण्डू प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित सामाजिक कथानक चलचित्र हो । विपीन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपांगी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा सुरज कटुवाल सह–लेखकका रूपमा रहेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro