देश

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर सेतीबगरमा गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ ०७:४५
प्रतिक्रिया दिनुहोस्