site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गोल्ड कार्ड भिसा सार्वजनिक गर्दै ट्रम्पले भने– यो ट्रम्प कार्ड हो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुहारअंकित पाँच मिलियन डलरको गोल्ड कार्ड भिसा गत बिहीबार सार्वजनिक गरेका छन् । 

एयर फोर्स वन विमानमा रहेका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “यो कार्ड के हो भन्ने तपाईंलाई थाहा छ ? यो गोल्ड कार्ड हो, ट्रम्प कार्ड हो । पाँच मिलियन डलर तिरेपछि यो तपाईंको हुन सक्छ ।” 

ट्रम्पको प्रस्तावित गोल्ड कार्ड कार्यक्रमले अमेरिकामा पाँच मिलियन डलर लगानी गर्ने व्यक्तिलाई अमेरिकामा स्थायी आवासीय भिसा अनुमति दिइनेछ । ट्रम्पले सबै विदेशी वस्तु आयातमा कम्तीमा १० प्रतिशत आधारभूत आयात कर लगाउने योजना सार्वजनिक गरेलगत्तै यो घोषणा आएको हो ।

‘यो गोल्डकार्डको पहिलो खरिदकर्ता को हो ?’ भन्ने प्रश्नमा ट्रम्पले आफू नै पहिलो खरिदकर्ता रहेको जवाफ दिए । साथै ‘दोस्रो खरितकर्ता को होला ?’ भन्ने पत्रकारको प्रश्नमा ‘मलाई थाहा छैन’ भनेका थिए । यो कार्ड दुई हप्ताभित्र उपलब्ध हुने पनि ट्रम्पले बताए । 

गत महिनाको अन्त्यतिर अमेरिकी वाणिज्यमन्त्री हावर्ड लटनिकले सो हप्तामा एक हजार गोल्ड कार्डको बिक्री भएर एक दिनमा ४५ बिलियन संकलन भएको बताएका थिए । लटनिकका अनुसार गोल्ड कार्ड भिसा कार्यक्रममा पहिले नै दुई लाख ५० हजार आवेदक रहेको बताइएको छ ।

ट्रम्पको प्रस्तावित गोल्ड कार्ड कार्यक्रमले अमेरिकी व्यवसायमा पाँच मिलियन डलर लगानी गर्ने व्यक्तिलाई स्थायी आवास अनुमति दिइनेछ । समाचारअनुसार यसले हालको ईभी–५ भिसालाई प्रतिस्थापन गर्नेछ । 

आप्रवासी प्रणालीको व्यापक सुधारको नीतिअन्तर्गत यो कार्यक्रम घोषणा गरिएको बताइएको छ । यसले राष्ट्रपतिको लगानी–आधारित आप्रवासी नीतिमा ध्यान केन्द्रित गरेको देखिन्छ । यो कार्यक्रमका समर्थकहरूले यसले अमेरिकामा ठूलो पुँजी ल्याउने दाबी गरेका छन् । 

तर, यसका आलोचकहरूले पैसा भएकालाई भन्दा पनि कुशल प्रतिभा भएकालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । गोल्ड कार्डलाई ग्रिन कार्ड नीति भन्दै ट्रम्पले यसले सामान्य स्थायी निवासभन्दा धेरै फाइदा दिने बताएका छन् । 

यो घोषणा यसबेला आएको छ जब विश्व बजारहरू राष्ट्रपतिको नयाँ ट्यारिफको प्रभावले हलचलमा छन् । एक पत्रकारले ट्रम्पलाई बुधबारको ट्यारिफ घोषणापछि अमेरिकी बजार झर्दै गएका बेला उनको प्रतिक्रिया सोधेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro