site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलद्वारा गाजा क्षेत्रको ५० प्रतिशतभन्दा बढी भूभाग कब्जा
फाइल तस्बिर ।

काठमाडौं । इजरायलले गत महिना हमासविरुद्ध पुनः युद्ध सुरु भएपछि गाजापट्टीमा आफ्नो उपस्थितिलाई नाटकीय रूपमा विस्तार गरेको छ । हाल गाजा क्षेत्रको ५० प्रतिशतभन्दा बढी भूभाग इजरायलको नियन्त्रणमा आएको र प्यालेस्टिनीहरूलाई सानो भूभागमा सीमित गरिदिएको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

इजरायली सेनाले इजरायल र गाजा सीमानजिकैको ठूलो भूभाग नियन्त्रण गरेको बताइएको छ । यहाँ इजरायली सेनाले प्यालेस्टिनीहरूका घर, कृषि योग्य जमिन र आधारभूत संरचनाहरू नष्ट गरेका कारण यो क्षेत्र अब बस्न योग्य नरहेको बताइएको छ । साथै, सैनिक बफर जोनको आकार पनि हालका हप्ताहरूमा दोब्बर भएको छ ।

इजरायलले आफ्नो यो कदमलाई २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणपछि उसले बन्धक बनाएका बाँकी बन्दीहरू छोड्न बाध्य बनाउन आवश्यक अस्थायी कदम भनेर चित्रण गरेको छ । तर, मानवअधिकार समूहहरूले यसलाई इजरायलको दीर्घकालीन रूपमा गाजा कब्जा गर्ने एक कदम भनेको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro